×

NMB BANK
NIC ASIA

संसद बैठकमा सांसदको प्रश्न : यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ?

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेकोप्रति आपत्ति जनाउँदै सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि भनेर प्रश्न गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले आयोगलाई पुनर्जीवित गरेर लालपूर्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ? ११ लाख फाइलहरू तयार भएका बसेका छन् । पूर्जा लिनका लागि सुकुम्बासी लालायीत छन् । यसै सदनले ऐन बनाएर भूमिका समस्या समाधान गर्न आयोग बनायो । त्यो आयोग यो सरकार बन्नेबित्तिकै खारेज भएको छ । के यो देशमा सुकुम्वासी पनि अन्त्य भएको हो कि सरकार बन्ने बित्तिकै ? आयोगलाई पुनर्जीवित गरियोस् र पूर्जा वितरण प्रक्रियालाई प्रारम्भ गरियोस् । यो देशभरिमा रहेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, पीडित जनतालाई अरु नूनचुक छर्ने काम नहोस् ।’


Advertisment
Nabil box
Kumari

यस्तै, प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गर्न माग गरेकी छन् । सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् ।

Vianet communication
Laxmi Bank

‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला । तर पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’

यस्तै, नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि प्रहार हुने गरी ट्वीट गरेकोमा आपत्ति जनाएका छन् ।

बैठकमा बोल्दै सांसद साहले धर्मनिरपेक्ष देशमा सबै धर्मको सम्मान हुनुपर्ने बताए । बैठकमा उनले भने, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रि–ट्विट गरेर धर्ममाथि प्रहार गर्नुभएको थियो । यो धर्मनिरपेक्ष देशमा सबै धर्मलाई इज्जत गर्ने र हुने हाम्रो धारणा हो । उहाँजस्तो व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइसकेपछि हिन्दू धर्मावलम्बी आक्रोशित छन् । यस्तो टिकाटिप्पणी नआओस्, जोडदार माग गर्दछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x