२७ जेठ २०८३, बुधबार

राज कुन्द्रा प्रहरी हिरासतमा थप १४ दिन बस्नुपर्ने

साउन १२, २०७८
राज कुन्द्रा प्रहरी हिरासतमा थप १४ दिन बस्नुपर्ने

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यापारी राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । 

कुन्द्रालाई गत साता सोमवार पक्राउ गरिएको थियो । त्यसपछि उनी प्रहरी हिरासतमै छन् । 

उनीसँगै पक्राउ परेका रायन थोर्पलाई पनि १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

मुम्बई प्रहरीले कुन्द्रालाई पोर्नोग्राफिक फिल्म बनाएको र हटशट्स यापमार्फत प्रसारण गरेको आरोपमा पक्राउ गरेको हो । 

मुम्बई प्रहरीका अनुसार, मुम्बई क्राइम ब्रान्चमा फेब्रुअरी महिनामा एउटा जाहेरी दर्ता भएको थियो । कुन्द्रालाई त्यसै विषयमा पक्राउ गरिएको हो । 

यस प्रकरणमा कुन्द्रा संलग्न रहेको पर्याप्त प्रमाण भेटिएको प्रहरीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्