०४ असार २०८३, बिहीबार

काठमाडौंका सबै वडामा कोभिड विरुद्धको खोप उपलब्ध

साउन १२, २०७८
काठमाडौंका सबै वडामा कोभिड विरुद्धको खोप उपलब्ध
प्रतिकात्मक तस्वीर

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुविधाका लागि वडावडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

यसअघि नगरभित्र २ ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो । 

कोरोना संक्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगर भित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताए ।

तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्रमा उपस्थित हुँदा व्यवस्थापनमा साह्रै समस्या भयो । भीडभाड पनि बढी भएकाले संक्रमणको जोखिम कम गर्दै नागरिकको सेवा र सन्तुष्टि बढाउन वडामै खोप लैजाने तयारी गरिएको उनको भनाइ थियो ।  

मंगलवारदेखि नै ४५–४९ उमेर समूहलाई चाइनिज भेरोसेल (पहिलो मात्रा) लगाउन थालिएको नगर प्रमुख उद्धबप्रसाद खरेलले बताए । उनले भने, ‘माग अनुसार एकै पटक त सक्ने अवस्था नभए पनि सबै नागरिकलाई खोप उपलब्ध गराउने र संक्रमणबाट बचाउने अभियानमा हामी छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्