
क्रियाशील सदस्यतामा विवाद भएका ठाउँहरूको समस्या समाधान कांग्रेसको केन्द्रीय कार्यसमितिले गर्ने भएको छ ।
बूढानीलकण्ठमा भएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । क्रियाशील सदस्यताको काम लगभग सकिए पनि बारा र पर्सा जिल्लामा क्रियाशील सदस्यता रोकिएको छ ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन पेश गरेको थियो ।
बैठक बुधवार बिहान ११ बजे बस्ने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।