०५ साउन २०८३, मंगलबार

महरालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनद्वारा सदर

महरालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनद्वारा सदर

जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर गरेको हो ।

महराले उच्च अदालतबाट पनि सफाइ पाएको रजिस्ट्रार ज्ञानेन्द्रबहादुर सिंहले लोकान्तरलाई जानकारी दिए ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तत्कालीन सभामुख महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

महरालाई २०७६ फागुन ५ गते जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्