२४ जेठ २०८३, आइतबार

तिब्बतमार्फत नेपालसँग सम्बन्ध थप मजबूत बनाउन चाहन्छ चीन

साउन १२, २०७८
तिब्बतमार्फत नेपालसँग सम्बन्ध थप मजबूत बनाउन चाहन्छ चीन

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले राष्ट्रपति सी चिनपिङको नीङ्ची यात्रालाई निकै महत्त्व दिएको छ । 

नीङ्ची इलाका सामरिक रूपमा महत्त्वपूर्ण छ किनकि त्यहाँबाट केही किलोमिटरको दूरीमा भारतको अरुणचाल प्रदेशको सीमा पर्छ । 

भारत र चीनको सीमा नजिकको शहरमा कैयौं वर्षपछि भ्रमण गर्ने चीनका ठूला नेता सी नै हुन् । 

ग्लोबल टाइम्ससँग कुरा गर्दै चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका उपनिर्देशक लोउ चुन्हावका अनुसार, आगामी पञ्चवर्षीय योजनामा चीनले पूर्वी र पश्चिमी इलाकाहरूलाई थप राम्रो गरी जोड्नका लागि बृहद् योजनाहरू बनाइरहेको छ ।

लोउका अनुसार, सम्पर्कका साधन विकसित भएपछि तिब्बत पनि दक्षिणपश्चिम चीनमा व्यापारको ठूलै केन्द्र बन्नेछ । 

उनका अनुसार, तिब्बतमार्फत चीनले नेपालसँग व्यापारिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउन सक्छ । 

नेपालसँग सम्बन्ध बलियो बनाउन ल्हासा–नीङ्ची रेलमार्गको महत्त्वपूर्ण भूमिका छ । 

यस रेलमार्गको आरम्भ एक महिनाअघि मात्र भएको थियो । यसलाई सिचुआन–तिब्बत रेलखण्डको सामरिक रूपमा अतिमहत्त्वपूर्ण हिस्सा मानिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्