
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । माओवादीका तर्फबाट सरकारमा पठाउने थप मन्त्रीको छनोट गर्न बैठक बसिरहेको हो ।
अहिले माओवादीका तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी भएका छन् । माओवादी केन्द्रमा थुप्रै सांसदहरूले मन्त्री बन्ने इच्छा जनाएका छन् ।
केही दिनअघि मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४९ जना नै मन्त्री बन्न चाहेपछि आफूलाई मन्त्री छान्न समस्या भइरहेको बताएका थिए ।