२७ जेठ २०८३, बुधबार

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– माधवजीहरू पनि सरकारमा सहभागी हुनुहुन्छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– माधवजीहरू पनि सरकारमा सहभागी हुनुहुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने बताएका हुन् । 

त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक भोलिका लागि तय भएको जानकारी प्रचण्डले गराएको एक स्थायी कमिटी सदस्यले लोकान्तरले जानकारी दिए ।

‘सत्तारुढ गठबन्धनको भोलिका लागि तय भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउँछ । त्यसपछि हामीहरू बसेर मन्त्री छानौंला,’ प्रचण्डले गरेको ब्रिफिङबारे ती सदस्यले लोकान्तरसँग भने । 

प्रचण्डले आज केही प्रदेश प्रमुखहरू हेरफेर हुने र भोलि मन्त्रिपरिषद् विस्तारको तयारी रहेको बैठकलाई जानकारी गराएका थिए ।

स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बालुवाटार गएका थिए । 

माधव नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सरकारमा सहभागी हुने सम्भावनाबारे अनविज्ञता प्रकट गरे । 

‘प्रचण्डले कहाँ के भन्नुभयो थाहा भएन । सरकारमा सहभागी हुनेबारे हामीले कुनै निर्णय गरेका छैनौं,’ नेपालपक्षीय एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

सोमवार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सम्मानजनक ढंगले पार्टी एकता गर्ने निर्णय गरेको थियो । 

माधव नेपाल पक्षका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका सांसदहरूले भने सरकारमा सहभागी हुनुपर्ने धारणा राख्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्