१४ असार २०८३, आइतबार

करीब १३५ किलो अवैध लागूऔषध गाँजा बरामद

करीब १३५ किलो अवैध लागूऔषध गाँजा बरामद
प्रतिकात्मक तस्वीर

सर्लाहीको मलंगवा नगरपालिका–११ स्थित चौरबाट सोमवार राति प्रहरीले करीब १३५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । 

अस्थायी प्रहरी पोस्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठूलो पल्छीबाट सानो पल्छीतर्फ गइरहेका ९ जना व्यक्ति पोका फाली फरार भएपछि पोका जाँच गर्दा गाँजा फेला पारी बरामद गरिएको हो । 

फरार व्यक्तिको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्