१० साउन २०८३, आइतबार

प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले टेलिफोन वार्ताको क्रममा देउवा र ब्लिनकेनबीच विकास साझेदारी, जलवायु परिवर्तन र  कोरोना महामारीको सन्दर्भमा पारस्परिक चासोको विषयमा छलफल भएको जनाएको छ ।

प्रधानमन्त्री देउवाले विदेशमन्त्रीसँग कुराकानी भएको ट्वीटरमार्फत जनाएका छन् ।   विदेशमन्त्रीसँग दुई पक्षीय सम्बन्धका साथै दुई देशका जनताको हितका सवालमा सहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।
लामो समयदेखि अमेरिकी परियोजना एमसीसी संसदमा विचाराधीन रहेको अवस्थामा यो विषयमा के छलफल भयो भन्नेबारे चाहिँ केही खुलाइएको छैन । यद्यपी देउवा र अमेरिकी विदेश मन्त्रीको यो वार्ताका दौरानमा सो  विषयमा पनि छलफल भएको  विश्वास गरिएको छ । नेपालमा एमसीसीको विषयमा चर्को मतभेद रहँदै आएको छ भने अमेरिकाले चाहिँ चाँडो पारित हुनुपर्नेमा जोड दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्