०६ असार २०८३, शनिबार

पाकिस्तान : कमिस्नरको कुकुर हराएपछि खोजीका लागि सरकारी संयन्त्रको दुरुपयोग (भिडियो)

साउन १३, २०७८
पाकिस्तान : कमिस्नरको कुकुर हराएपछि खोजीका लागि सरकारी संयन्त्रको दुरुपयोग (भिडियो)

पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको शहर गुजरांवालामा कमिस्नर जुल्फिकार अहमद घुमनको कुकुर मंगलवार सरकारी निवासबाट हराएको छ । 

त्यसपछि कमिस्नरले सम्पूर्ण सरकारी संयन्त्र र कर्मचारीलाई कुकुर खोज्न खटाएका छन् । उनले निवासका कर्मचारीलाई पनि कुकुर घरबाहिर जान दिएकोमा बेस्सरी गाली गरेका छन् । 

कुकुर खोज्ने जिम्मेवारी नगर निगम निगम र स्थानीय प्रहरीले पाएपछि घरघरमा गएर खोज्न थाले । 

नगर निगमका कर्मचारीहरूले ट्याम्पुमा बसेर शहरभरि फुक्दै हिँडे, ‘कमिस्नर साहबको जर्मन शेफर्ड कुकुर हराएकाले भेट्ने व्यक्तिले उहाँको घरमा पुर्‍याइदिनुहोला ।’

कसैले उक्त कुकुर राखेको पाइएमा कडा कानूनी कारवाही गरिने पनि घोषणा गरियो । 

कुकुरको मूल्य चार लाख रुपैयाँ भएको पाकिस्तानी मिडियाले लेखेको छ । 

सामाजिक सञ्जालमा कमिस्नर घुमनको कडा आलोचना भइरहेको छ । मान्छे हराएको मतलब छैन, कुकुर हराउँदा यत्रो तामझाम भन्दै आलोचना गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्