
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षको पनि सहभागिता छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।
बैठकमा एमालेको माधव नेपाल पक्षबाट केन्द्रीय सदस्य विजय पौडेल सहभागी छन् ।
मुख्यतः मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।
जसपासहितका मन्त्रीहरूलाई थपेर प्रधानमन्त्री शेरबहादुर देउवाले आज वा भोलिसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
माओवादी स्थायी कमिटी बैठकलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सरकारमा माधव नेपाल समूह पनि सहभागी हुने दाबी गरेका थिए ।