०९ असार २०८३, मंगलबार

सशस्त्र डीआईजी श्रेष्ठको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश जबरा र न्यायाधीश चुडालको इजलासमा हुने

सशस्त्र डीआईजी श्रेष्ठको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश जबरा र न्यायाधीश चुडालको इजलासमा हुने

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको छ ।

यसअघि गत शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै श्रेष्ठलाई अनिवार्य अवकाश दिइएको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएका थिए ।

सिन्हाको इजलासमा सुनुवाइ भए पनि अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । श्रेष्ठको एक वर्षे सेवा अवधि थप हुने वा नहुने सर्वोच्चले आज निकास दिनेछ।

डीआईजीको चार वर्षे कार्यकालका कारण श्रेष्ठ गत ९ असारमा अवकाश भएका थिए । सशस्त्रमा डीआईजीको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । 

श्रेष्ठको सेवा अवधि २५ वर्ष ७ महिना र उमेर ५२ वर्ष मात्रै भएको छ।

salt training

कमेन्ट गर्नुहोस्