२१ जेठ २०८३, बिहीबार

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह

बाजुरा जिल्लाको गौमूल गाउँपालिकास्थित बुढीगंगा नदी पहिरोले थुनिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

बुधवार दिउँसो जारी सूचनामा उल्लेख छ, ‘गौमूल गाउँपालिका बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔं ।’

salt training

कमेन्ट गर्नुहोस्