हंगेरी सरकारले नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
हंगेरी गणतन्त्रका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
नेपाल स्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासले एक विज्ञप्ती जारी गर्दै भनेको छ, “हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेका छौं ।”