०१ असार २०८३, सोमबार

काठमाडौंमा घटेन कोरोना, एकैदिन ८०० बढीमा संक्रमित पुष्टि

साउन १३, २०७८
काठमाडौंमा घटेन कोरोना, एकैदिन ८०० बढीमा संक्रमित पुष्टि

राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण घट्न सकेको छैन । 

पछिल्लो २४ घण्टामा राजधानी काठमाडौंका ३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६, भक्तपुरमा ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार पछिल्लोपटक १० हजार ८८६ पीसीआर परीक्षणमा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी जम्मा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ८८ हजार ३०७ पुगेको छ । एन्टिजेन परीक्षणमा संक्रमित हुनेको संख्या ५८ हजार ३५० रहेको छ । पछिल्लोपटक थप १ हजार ९९३ जना निको भएका छन् ।

यससँगै निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ । निको हुने दर ९४ दशमलव ३ रहेको पनि मन्त्रालयले जनाएको छ । 

हाल नेपालमा २६ हजार ६५२ जना होम आइसोलेसन तथा २ हजार ७९२ जना संस्थागत आइसोलेसन छन् । ६११ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ भने मृत्यु दर १.५ प्रतिशत रहेको छ । 

नेपालमा हालसम्ममा १५ लाख ३ हजार ३१२ जनाले पूर्ण खोप लगाएका छन् भने ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा लागाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्