०४ असार २०८३, बिहीबार

महिला तथा बालबालिका हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण

साउन १३, २०७८
महिला तथा बालबालिका हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकामा हुने हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् ।

महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले बुधवार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिकामाथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताए ।

‘सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढंगले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ,’ उनले भने । 

सञ्जालकी अध्यक्ष कल्याणी रिजालले मुलुकमा पछिल्लो समय महिला हिंसाको घटना बढेको भन्दै महिला तथा बालबालिकामा हुने हिंसाको निष्पक्ष छानविन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई उचित राहतको व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गरिन् ।

सञ्जालले निषेधाज्ञाका समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रुर घटना बढेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्