
मेष
आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् ।
स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ ।
वृष
नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । नयाँ कार्यको थालनी अधुरै रहला । शरीरमा आलस्यता र मानसिक चिन्ता बढ्न सक्छ । चोटपटकको भय र ज्वरो आउन सक्ने सम्भावना अधिक छ ।
मिथुन
मन अशान्त रहनेछ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्ताउने हुँदा एकल प्रयासलाई नै प्राथमिकता दिनु होला । परिवारमा नया खुशी आउनेछ ।
कर्कट
नयाँ कामको प्रस्ताव आउनेछ । कामले जीवनशैली व्यस्त रहनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
सिंह
गरिरहेका कार्यमा सामान्य परिवर्तनको योग रहेको छ । परिवारमा असहज परिस्थितिलाई सहज तुल्याउन तपाईंको अग्रसरता उत्तम रहने छ ।
कन्या
शाहाकारी भोजन गर्दा बुद्धिमानी ठहरिला । उच्च पदमा, प्रतिष्ठामा शुभ फल पाइनेछ । व्यापार-व्यवसायमा त्यति राम्रो देखिने छैन । प्रेम र मित्रताको बन्धनमा दुरी बढ्नसक्नेछ ।
तुला
आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ । शरीरले दुख पाइनेछ र मनमा निराशा छाउन सक्छ । स्टाफ र अन्यकर्मचारीको सहयोग लिँदा काममा हौसला मिल्नेछ ।
वृश्चिक
यात्रा मनोञ्जनपूर्ण देखिएको छ । परिवारिक साथ-सहयोग मनग्यमात्रामा प्राप्त रहनेछ । व्यापार-व्यवसायमा अधिक लगानी नगरेकै नै राम्रो रहनेछ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ ।
धनु
बौद्धिक व्यक्तित्वहरूको सामु आफु कमजोर भएको महसुस रहनेछ । आफ्नो सामान्य लापरबाहीले तपाईंका माल सामानहरु गुम्न सक्ने सम्भावना रहेको छ ।अरुकोलागि समय खर्चनुपर्ला ।
मकर
व्यवसायमा उतारचढाव आएपनि मिहिनेतले आर्थिक उन्नति हुनेछ । आफन्तमा मतभेद रहनेछ । तार्किक क्षमतामा गिरावट आउनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नुपर्ला ।
कुम्भ
आत्मीयजनसँग बिछोडिनु पर्दा मन दुखित । प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप बढ्नेछ । व्यवहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनु पर्ला। इच्छा तथा आकांक्षाहरू पुरा हुनेछन् ।
मीन
कुनै शुभकर्म गर्नुपूर्व अथवा यात्रामा जानुअघि गणेशजीको स्मरण गर्नाले राम्रो फल मिल्नेछ । घरबाट रिसाएकाहरु सम्पर्कमा नजिकिनेछन् ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)