०७ असार २०८३, आइतबार

पाकिस्तानको कराचीमा चिनियाँ इन्जिीयरमाथि आक्रमण

साउन १४, २०७८
पाकिस्तानको कराचीमा चिनियाँ इन्जिीयरमाथि आक्रमण

पाकिस्तानमा चिनियाँ नागरिकहरूमाथि केही दिनयता हिंसा भइरहेको छ । 

दासुमा बम आक्रमण भइै नौजना चिनियाँ नागरिकको हत्या गरिएको केही दिनमै कराचीमा बलुच विद्रोहीहरूले एक चिनियाँ नागरिकलाई उनकै कारभित्र गोली प्रहार गरेका छन् । आक्रमणमा परेका चिनियाँ नागरिक निकै घाइते भएका छन् । 

पाकिस्तानले देशभित्र रहेका सबै चिनियाँ नागरिकलाई सुरक्षा दिने बताएलगत्तै यस्तो आक्रमण भएको हो । 

आक्रमणकारीहरू मोटरसाइकलमा आएको र अपराध गरेर भागेको बताइएको छ । 

ती चिनियाँ इन्जिनीयरको स्वास्थ्य स्थिर रहेको बताइएको छ । 

बलुचिस्तान लिबरेसन फ्रन्टले आक्रमणको जिम्मेवारी लिएको छ । 

यस घटनालाई चीनले सामान्य भनी टिप्पणी गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, ‘चीनले यस घटनालाई नजिकैबाट नियालिरहेको छ । घटनाको जाँचबुझ गरिँदैछ । यो सामान्य घटना हो ।’

हजारौं चिनियाँहरू ६० अर्ब डलर बराबरको चीन पाकिस्तान आर्थिक कोरिडोरमा काम गरिरहेका छन् । बलुच विद्रोहीहरूले यस परियोजनाको विरोध गरिरहेका छन् । 
 

कमेन्ट गर्नुहोस्