धितोपत्र बोर्डका अध्यक्षलाई अर्थ मन्त्रालयले सोध्यो ३ दिने स्पष्टीकरण

अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई ३ दिने स्पष्टीकरण सोधेको छ ।

बुधवार सोधिएको स्पष्टीकरणमा लेखिएको छ, ‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका तहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ (तीन) दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’


Advertisement

यसअघि बोर्डका अध्यक्ष ढुंगाना एक कम्पनीको शेयर विवादमा तानिएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्