३२ असार २०८३, बिहीबार

बाँस्कोटाको व्यंग्य : देउवाको निर्णय प्रजातान्त्रिक नै हुन्छ, निरंकुश कसले भन्दो रहेछ ?

बाँस्कोटाको व्यंग्य : देउवाको निर्णय प्रजातान्त्रिक नै हुन्छ, निरंकुश कसले भन्दो रहेछ ?

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनको सन्दर्भमा सभापति शेरबहादुर देउवाप्रति व्यंग्य गरेका छन् ।

कांंग्रेसले तोकिएको मितिमा महाधिवेशन नगर्ने संकेत गर्दै बाँस्कोटाले सभापति देउवाले जस्तोसुकै निर्णय गरेपनि प्रजातान्त्रिक नै हुने व्यंग्य गरेका हुन् ।

बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘मैले त पहिल्यै भन्या छु – कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ, नपाए अब वडा तहको गर्छ तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कात्तिकतिर सिधै महाधिवेशन गर्छ । देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ, निरंकुश कसले भन्दो रहेछ ? हामी पनि हेरौं त !’

salt training

कमेन्ट गर्नुहोस्