०५ असार २०८३, शुक्रबार

५० वर्ष माथिकालाई ४ दिनसम्म कोरोना विरुद्धको खोप

साउन १४, २०७८
५० वर्ष माथिकालाई ४ दिनसम्म कोरोना विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

कोरोना विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा बिहीवारदेखि पुनः भेरोसेल खोप लगाउन शुरू गरिएकोे छ । खोप कार्यक्रम ४ दिनसम्म सञ्चालन गरिने छ ।  

यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरू भइसकेको र  साँझ ५ः०० बजेसम्म जारी रहने छ । 

खोप लगाउनेहरूले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उनले बताए । दुवै र पहिलो पटक मात्र गरी हालसम्म करीब ३ लाख नगरवासीले खोप लगाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्