०६ असार २०८३, शनिबार

थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार आरटी–पीसीआरबाट २ हजार ३३५ र एन्टिजेनबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लोपटक १४ हजार २४२ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै संक्रमितको संख्या पीसीआरबाट ६ लाख ९० हजार ६४२ र एन्टिजेनबाट ५९ हजार ३८० पुगेको छ ।

कूल संक्रमितमध्ये हालसम्म ६ लाख ५० हजार ४४५ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३७३ संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ९ हजार ८०७ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्