०४ साउन २०८३, सोमबार

गृहमन्त्रीले सभामुखलाई भेटेर विधेयक र विपदबारे गरे छलफल

गृहमन्त्रीले सभामुखलाई भेटेर विधेयक र विपदबारे गरे छलफल
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाणले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

सिंहदरबास्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदको चालु अधिवेशनमा विधेयकहरू अघि बढाउने लगायतका विषयमा छलफल भएको हो ।
 
सभामुख सापकोटा र मन्त्री खाणबीच यस वर्ष बाढीपहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुन:स्थापनाको कार्य अघि बढाउने जानकारी दिए ।

उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए ।
 
यस वर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गत वर्ष पनि बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्