इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ ।  रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् ।
इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीे सोमबार ह्वाइट हाउसको वार्तापछि वाशिङटनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई  इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् । इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् ।


Advertisement

इराकमा अमेरिकी नागरिक संघसंस्थालक्षित आक्रमणहरु लगभग दैनिक रूपमा हुने गरेका स्थानीय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्