०७ असार २०८३, आइतबार

बलात्कार मुद्धाका फरार बालक दुई वर्षपछि पक्राउ

बलात्कार मुद्धाका फरार बालक दुई वर्षपछि पक्राउ

 जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणी पश्चात फरार भएका एक बालकलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत रामेछापबाट २०७७ फागुन १० गतेको फैसलाले १२ वर्ष ६ महिना कैद सजाय तोकिएको सुनापाति गाउँपालिका वडा नंं १ धारापानीका बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले बताए ।

ढुंगानाका अनुसार –  ‘जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा गएको टोलिले धारापानीबाट आज बिहीबार पक्राउ गरेको हो ।’

नीजले दुई वर्ष अघि ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्