×

NMB BANK
NIC ASIA

केपी ओलीसँग भेट्न ‘आनाकानी’ गर्दै माधव नेपाल

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् तर १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् ।

Muktinath Bank

अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्वाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यहीबमोजिम बिहीवार नेपाल र नेम्वाङबीच करीब डेढ घण्टा भेटवार्ता भएको छ । नेपालले पौडेलसँग शुक्रवार भेट गर्न सक्ने जनाइएको छ । नेम्वाङले २ शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें,’ विघटित कार्यदलमा  संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्वाङले भने । नेम्वाङको आग्रहमा नेपालले ‘ठीकै छ’ भनेर जवाफ दिएको जनाइएको छ ।  

नेम्वाङले ओली र नेपालले बनाएको कार्यदलमा २ पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए । ‘१० बुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पुर्‍याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङले नेपाललाई भनेका थिए । 

नेपालले नेम्वाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ । ‘मकहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले  दिएको स्रोतले बतायो । 

नेम्वाङले सत्तारुढ गठबन्धनमा सहभागिताका विषयमा प्रश्न गर्दा पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए । ‘तपाईंले गठबन्धनमा छैन भन्नुभएको थियो तर पछिल्लो समय प्रतिनिधि गएको देखिन्छ । किन जानुभएको ?’ नेम्वाङको प्रश्न थियो । 

नेपालले भने कथा हालेर जवाफ दिएको जनाइएको छ । पार्टी यो अवस्थामा आउनुमा लामो कारण रहेको उनको भनाइ थियो । 

एकतासम्बन्धी विघटित कार्यदलले ओली र नेपाललाई भेट गराउन प्रयास गरेको छ । १० बुँदे सहमतिको प्रतिवेदन दुवै नेतालाई बुझाएदेखि नै भेट गराउन लागे पनि यो प्रयास अझै सफल भएको छ ।

कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । ओलीले त्यो प्रतिवेदन अपनत्व ग्रहण गर्दै कार्यान्वयनका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि अनुमोदन गराइसकेका छन् तर नेपालले शुरूकै दिनदेखि विमति राख्दै आएका छन् ।

नेपालले आफैंले गठन गरेको कार्यदलका आफू पक्षका सदस्यप्रति पनि अविश्वास गरिरहेका छन् । 

१० बुँदे सहमतिविपरीत नेपालसहित २२ प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिइसकेका छन् । नेपाल पक्षमा रहेका कार्यदल सदस्य तथा स्थायी कमिटी सदस्यसमेत एकताकै पक्षमा देखिए पनि कहिले नेपाल स्वयं त कहिले डा. विजय पौडेललाई पठाएर सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भइरहेका छन् ।

वरिष्ठ नेता नेपाललाई विश्वासको मत दिने २२ जनाले देउवा सरकारमा जान पनि नेपाललाई दबाब दिइरहेका छन् । 

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालकै सहमतिमा जेठ २ मा दुवै पक्षका ५/५ जना राखेर कार्यदल बनाइएको थियो । कार्यदलमा संस्थापन पक्षबाट नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए भने नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x