×

NMB BANK
NIC ASIA

नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ तर तपाईं–हामी धेरैलाई थाहा छैन, करीब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो ।

Muktinath Bank

सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन् । जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको लम्बाइ शुरूमा ५०० मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि १९८ मिटर बाँकी रहेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

चौडाइ २.५ मिटर र उचाइ ३ मिटर छ । पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो । त्यस समय भारतबाट अमलेखगञ्जसम्म रेल आउँथ्यो । 

Vianet communication
Laxmi Bank

अब बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बिहीवार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् ।

‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं,’ मुख्यमन्त्री पौडेलले भने ।  

पौडेलले आफू किशोरावस्थामा २०१८ सालतिर यो सुरुङमार्गबाट मोटर चढेर अमलेखगञ्ज गएको स्मरण गरे । पुर्खाले १ शताब्दीअघि सुरुङ निर्माण गरे पनि त्यसलाई पछ्याउन नयाँ पुस्ताले ढिलाइ गरेको उनको भनाइ थियो ।

उनका अनुसार सुरुङमार्ग सञ्चालनताका भारतबाट अमलेखगञ्जसम्म रेल आउँथ्यो । रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो ।

अमलेखगञ्ज–भीमफेदी मार्गअन्तर्गत चुरेमा भने उकालो भएकाले मोटर गुडाउन असहज भएपछि विकल्पमा सुरुङ खनेको जनाइएको छ । निर्देशनालयले यसको पुनर्निर्माणका लागि ४ करोड ५७ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो । 

माउन्टेनइन्फ्रा कम्पनी स्युचारटार काठमाडौंले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा ठेक्का पारेर काम अघि बढाएको हो । 

‘निर्माण कार्य समयमै सम्पन्न हुने गरी काम अघि बढाएका छौं,’ भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भने । निर्माण कम्पनीले २०७९ वैशाख १९ गतेसम्ममा पुरानै स्वरूपमा पुनर्निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x