०८ असार २०८३, सोमबार

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

साउन १५, २०७८
कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् ।

होटल व्यवसायी संघ सुर्खेतले बिहीवार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् ।

कोरोनाकै कारण २ वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिए ।

‘विगत २ वर्षदेखि हामी थला परेका छौं, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन,’ उनले भने ।

कोरोना महामारीको यस्तो अवस्थामा खोप दिन पनि कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए । उनका अनुसार सुर्खेतमा मात्र १ हजार २५० होटलमा ५ हजार कर्मचारी रहेका छन् । 

कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने माग समेत गरिएको रावतले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्