०५ असार २०८३, शुक्रबार

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

साउन १५, २०७८
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन् ।

बिहीवार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ लगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पुर्‍याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिए ।

उनले बाढीपहिरोका कारण कतिपय स्थानमा आवतजावत समेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न र आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्न समेत निर्देशन दिएका छन् । 

छलफलमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्