११ असार २०८३, बिहीबार

थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवाको शव फेला

थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवाको शव फेला

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । 

ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा असार १४ गते पक्राउ परेका धनुषाको लक्ष्मीनिया गाउँपालिका-२ का ४० वर्षीय पल्टु रवी दासले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार शुक्रवार बिहान साढे ३ बजे शौचालयमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।  

घटनाको विस्तृत अनुसन्धान हुन बाँकी रहेकाले थप विवरण अहिले दिन नसकिएको उनले बताए । 

धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम तिर्न नसकेको कारण थुनामा राख्न कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिइएको थियो ।

थुनुवालाई कारागारमा बुझाउने प्रयोजनको लागि हिरासतमा राखिएकै अवस्थामा पल्टुले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्