
नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार। ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।