१५ असार २०८३, सोमबार

फिलिपिन्स र अमेरिकाबीच सैन्य सम्झौता नवीकरण, चीनलाई सन्देश

साउन १५, २०७८
फिलिपिन्स र अमेरिकाबीच सैन्य सम्झौता नवीकरण, चीनलाई सन्देश

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकी सैनिकहरूसँग फिलिपिनो सैनिकहरूको संयुक्त अभ्यास सम्झौतालाई नवीकरण गरेका छन् । 

दुवै देशका रक्षामन्त्रीहरूले शुक्रवार यस निर्णयको घोषणा गरे । 

यसअघि डुटेर्टेले यस सम्झौतालाई रद्द गरेका थिए । 

अमेरिकी सेनासँगको सम्झौतालाई रद्द गराउनका लागि चीनले कोरोनाको खोप लगायत विभिन्न सुविधा फिलिपिन्सलाई उपलब्ध गराएको थियो । 

यस सम्झौताअन्तर्गत अमेरिका र फिलिपिन्सका सुरक्षाबलहरूका बीच व्यापक स्तरमा सैन्य अभ्यास गरिन्छ । 

फिलिपिनो रक्षामन्त्री डेल्फिन लोरेनजानाले अमेरिकी समकक्षी लोयड अस्टिनसँग मिलेर मनिलामा राष्ट्रपति डुटेर्टेको निर्णयको घोषणा गरेका हुन् । 

दक्षिण चीन सागर वरपरको क्षेत्रमा अमेरिकी सेनाको उपस्थिति चीनसँग सन्तुलन कायम गर्नका लागि दक्षिणपूर्वी एसियाली मुलुकहरूले चाहने गरेका छन् । चीनले थिचोमिचो गरेकाले फिलिपिन्स बाध्य भएर अमेरिकाको शरणमा परेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्