२३ जेठ २०८३, शनिबार

गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुषलाई कारवाही गरिने

कात्तिक २०, २०७४
गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुषलाई कारवाही गरिने
काठमाडौं, २८ जेठ– स्पेनको यातायात विभागले सार्वजनिक सवारीमा खुट्टा फैलाएर बस्ने पुरुष विरुद्ध विशेष अभियान चलाएको छ ।

मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेत राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको छ ।

अहिले शहरको मेट्रो सिस्टममा यो अभियान शुरु गरिएको छ । एक महिला संगठनले यात्राको क्रममा पुरुष सिटीमा फैलिएर बस्दा महिलालाई समस्या भएको भन्दै अनलाईन मार्फत गरिएको अपिलपछि नयाँ नियम लागु गरिएको हो ।

म्यानस्प्रेडिङ शब्दलाई दुई वर्ष पहिले अक्सफोर्ड डिक्सनेरीमा सामेल गरिएको थियो । मड्रिडअघि विश्वका अरु चार शहरमा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो ।

ईएमटीले नयाँ संकेतको उदेश्य पुरुष यात्रिलाई याद दिलाउनु भएको जो बसमा यात्राका दौरान सवै यात्रुलाई याद गरोस् र खुट्टा फैलाएर नबसोस् ।

अनलाइनबाट याचिका दर्ता गर्ने महिला संगठनले देख्दा सामान्य लाग्ने यो व्यवहारले महिला यात्री मुस्किलमा पर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्