
माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ को मुल सडक महाराजगञ्ज, सल्लाघारीदेखि न्युरो अस्पताल बासवारीसम्म वृक्षारोपण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रवार सो सडकमा १०० बिरुवा वृक्षारोपण गरेको हो ।
बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र काठमाडौं महानगरपालिका ३ का वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको शुरुवात गरेका थिए ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।