२५ असार २०८३, बिहीबार

पहिचान खुलेपछि तालिबानले गर्‍यो भारतीय फोटोपत्रकारको हत्या

साउन १५, २०७८
पहिचान खुलेपछि तालिबानले गर्‍यो भारतीय फोटोपत्रकारको हत्या

पुलित्जर पुरस्कार पाएका भारतीय फोटोपत्रकार दानिश सिद्दीकीको पहिचान खुलेपछि तालिबानले हत्या गरेको पाइएको छ । 

वाशिङटन एक्जामिनरको समाचारअनुसार, सिद्दीकी अफगान राष्ट्रिय सेनाको एक टुकडीसँग स्पिन बोल्डाक क्षेत्रमा सेना र तालिबानको भिडन्तको समाचार संकलनका लागि पुगेका थिए । 

उनीहरू भन्सार नाका नजिक पुग्दा तालिबानले आक्रमण गरेको थियो । त्यसले गर्दा टुकडी छुट्टिन परेको थियो । सिद्दीकी तीनजना अफगान सेनासँग परे । 

आक्रमणमा बमको छर्राले सिद्दीकीलाई घाइते बनाएपछि एक स्थानीय मस्जिदमा प्राथमिक उपचारका लागि सैनिकहरूले लगेका थिए । 

पत्रकार मस्जिदमा छन् भन्ने खबर फैलिएपछि तालिबान त्यहाँ पुग्यो र उनको हत्या गरिदियो । 

स्थानीयहरूका अनुसार, सिद्दीकी त्यहाँ भएकैले तालिबानले मस्जिदमा आक्रमण गरेको थियो । 

अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ फेलो माइकल रुबिनले सिद्दीकीको मृत शरीरको तस्वीर र भिडियोको विश्लेषण गर्दा ताबिलानले उनलाई टाउकोमा हिर्काएको अनि शरीरमा गोली बर्साएको पाए ।

सिद्दीकीले सन् २०१८ मा रोहिंग्या संकटको कभरेज गरेर पुलित्जर पुरस्कार पाएका थिए । यनले अफगानिस्तान द्वन्द्व, हङकङ विरोध प्रदर्शन र एसिया तथा युरोपका महत्त्वपूर्ण घटनाहरू कभर गरेका छन् । 

जुलाई १८ मा सिद्दीकीको शव दिल्ली ल्याइएपछि जामिया मिलिया इस्लामिया कब्रिस्तानमा दफन गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्