मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पुलित्जर पुरस्कार पाएका भारतीय फोटोपत्रकार दानिश सिद्दीकीको पहिचान खुलेपछि तालिबानले हत्या गरेको पाइएको छ ।
वाशिङटन एक्जामिनरको समाचारअनुसार, सिद्दीकी अफगान राष्ट्रिय सेनाको एक टुकडीसँग स्पिन बोल्डाक क्षेत्रमा सेना र तालिबानको भिडन्तको समाचार संकलनका लागि पुगेका थिए ।
उनीहरू भन्सार नाका नजिक पुग्दा तालिबानले आक्रमण गरेको थियो । त्यसले गर्दा टुकडी छुट्टिन परेको थियो । सिद्दीकी तीनजना अफगान सेनासँग परे ।
आक्रमणमा बमको छर्राले सिद्दीकीलाई घाइते बनाएपछि एक स्थानीय मस्जिदमा प्राथमिक उपचारका लागि सैनिकहरूले लगेका थिए ।
पत्रकार मस्जिदमा छन् भन्ने खबर फैलिएपछि तालिबान त्यहाँ पुग्यो र उनको हत्या गरिदियो ।
स्थानीयहरूका अनुसार, सिद्दीकी त्यहाँ भएकैले तालिबानले मस्जिदमा आक्रमण गरेको थियो ।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ फेलो माइकल रुबिनले सिद्दीकीको मृत शरीरको तस्वीर र भिडियोको विश्लेषण गर्दा ताबिलानले उनलाई टाउकोमा हिर्काएको अनि शरीरमा गोली बर्साएको पाए ।
सिद्दीकीले सन् २०१८ मा रोहिंग्या संकटको कभरेज गरेर पुलित्जर पुरस्कार पाएका थिए । यनले अफगानिस्तान द्वन्द्व, हङकङ विरोध प्रदर्शन र एसिया तथा युरोपका महत्त्वपूर्ण घटनाहरू कभर गरेका छन् ।
जुलाई १८ मा सिद्दीकीको शव दिल्ली ल्याइएपछि जामिया मिलिया इस्लामिया कब्रिस्तानमा दफन गरिएको थियो ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...