
महालक्ष्मी विकास बैंक लिमिटेड र एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.बीच शुक्रवार एक सम्झौता भएको छ ।
कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ ।
उक्त सम्झौताअनुसार एमएडब्ल्यूबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।
देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।