
दाङ, २८ जेठ — नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरणकी बुहारी मेयरकी उम्मेदवार बनेकी छन् । दाङको घोराही उपमहानरपालिकामा उनी मेयरकी उम्मेदवार बनेकी हुन् । दशभक्त जनगाणतान्त्रिक मोर्चाको तर्फबाट बैद्यकी भाइबुहारी सुशीला आचार्य मेयरकी उम्मेदवार बनेकी छन् ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय पारषद समेत रहेकी उनले पत्रकारिताको माफर्तबाट आफूले स्थानीयहरुको समस्या बुझेकोले सो समस्या समाधानका लागि मेयरमा लड्न लागेको बताइन् ।
उनले धेरै समस्या बुझेकोले अब अफैंले राम्रो काम गर्ने समेत बताइन् । उनी जिल्लामा पत्रकारहरुको नेता हुन् । उनले आफूलाई मिडियामा काम गर्ने भएको कारणले पनि धेरै स्थानीयहरुले चिनेकोले पनि सजिलो भएको बताएकी छन् ।
घोराही उपमहानगरपालिकामा आचार्य मेयरकी उम्मेदवार बनेकी छन् । उक्त मोर्चाको तर्फबाट नेता तिलक परियार उपमेयरमा उठेका छन् ।