१५ असार २०८३, सोमबार

एकै परिवारका पाँच जना चढेको जीप कर्णाली नदीमा खस्यो , तीन जनाको उद्धार, दुई बेपत्ता

एकै परिवारका पाँच जना चढेको जीप कर्णाली नदीमा खस्यो , तीन जनाको उद्धार, दुई बेपत्ता

पारिवारिक घुमफिर गर्न निस्किएका एकै परिवारका पाँच जना चढेको गाडी कर्णाली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार शुक्रवार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट सो स्कारपियो जीप कर्णाली नदीमा खसेको हो ।

नदीमा गाडी खस्दा दुई जना बेपत्ता भएका छन् । पाँच जना सवार गाडी नदीमा खस्दा दुई जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।

डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको गाडी चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ। जोशी आफ्नो परिवारसहित नेपालगन्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्ने क्रममा जीप दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री र ३ वर्षीय भुवन जोशीको उद्धार गरिएको छ । तर, सावित्री र भुवनको स्वास्थ्य अवस्था गम्भीर रहेकाले उपचारको लागि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए । 

चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्