२३ जेठ २०८३, शनिबार

सुदर्शन, पूजा र पलको फिल्मको ट्रेलर नम्बर एक ट्रेन्डिङमा

कात्तिक २०, २०७४
सुदर्शन, पूजा र पलको फिल्मको ट्रेलर नम्बर एक ट्रेन्डिङमा
काठमाडौं, २८ जेठ – चलचित्र ‘म यस्तो गीत गाउँछु’ को भन्छु आज बोलको गीत रिलिज हुँदा नै सर्वाधिक चर्चित भएको थियो । अहिले सोही सिनेमाको ट्रेलर हुँदासाथ युट्युबका दर्शकका लागि पहिलो रोजाइ बनेको छ ।

सुदर्शन थापा निर्देशित उक्त चलचित्रमा पल शाह र पूजा शर्माको जोडी प्रस्तुत गरिएको छ । लभ स्टोरी जानराको उक्त सिनेमामा पल र पूजाका अतिरिक्त सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले सयुंक्त रुपमा निर्माण गरेका हुन् । प्रितम् पाण्डेले सम्पादन गरेको सिनेमालाई सञ्जय लामाले क्यामेरामा उतारेका हुन् ।

चलचित्र आउँदो असार ३० गतेबाट प्रदर्शन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्