०४ साउन २०८३, सोमबार

जम्मूकश्मीरमा बिहानै सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त, २ जनाको मृत्यु

साउन १६, २०७८
जम्मूकश्मीरमा बिहानै सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त, २ जनाको मृत्यु
फाइल फोटो

भारतको जम्मूकश्मीरमा सुरक्षाकर्मी र आतंककारीबीच शनिवार बिहानै भिडन्त हुँदा २ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामाको नागबेरन–तरसर वन क्षेत्रमा भएको भिडन्तमा २ आतंककारी मारिएका हुन् ।

भारतीय सेना र प्रहरीले वन क्षेत्रमा संयुक्त अपरेसन सञ्चालन गर्ने क्रममा भिडन्त भएको थियो । गत सोमवार कुलगामको अहरबल क्षेत्रमा सेनाको अपरेसनका क्रममा लश्करका कमाण्डर समेत मारिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्