१७ असार २०८३, बुधबार

राजपालाई चुनावमा ल्याउन राजनीतिक दल सम्बन्धी ऐन संशोधनको तयारी

कात्तिक २०, २०७४
राजपालाई चुनावमा ल्याउन राजनीतिक दल सम्बन्धी ऐन संशोधनको तयारी
काठमाडौं २८ जेठ– मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधनको तयारी गरेको छ । राजपाको पार्टी दर्ता र चुनाव चिह्नको कानूनी जटिलता समाधानका लागि सरकारले विधेयक संशोधनको तयारी गरेको हो ।

एकीकरण भएका दलले एकीकरण वा गाभिनु अघि साविकको दल कायम रहदा कायम रहेको नाम, झण्डा या चुनाव चिन्ह प्रयोग गर्न पाउने व्यवस्था सहित ऐन संशोधन गर्न लागिएको हो । सरकार र राजपाबीच सहमति भए आइतवार नै सरकारले विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको छ ।

राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले शनिवार भएको बैठकमा सरकारले विधेयक संशोधनको प्रस्ताव ल्याएपछि त्यतिले मात्र राजपा चुनावमा सहभागि नहुने बताए ।

‘दल दर्ता र चुनाव चिह्नका लागि विधेयक संशोधन गर्ने प्रस्ताव सत्तापक्षबाट आएको हो, त्यतिले मात्र राजपा चुनावमा सहभागि हुँदैन’ शुक्लाले लोकान्तरसँग भने, ‘प्रचण्ड सरकार गठनको समयमा भएको सहमति कार्यान्वयन किन भएन ?’

राजपाका शीर्ष नेताहरु सरकारसँग छलफलका लागि सिंहदरवारमा रहेको समयमा दलका दोस्रो तहका नेताहरु भावी रणनीति तयगर्न तमलोपाको पुरानो पार्टी कार्यालयमा भेला भएका छन् । सहमति नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने राजपाले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्