३१ जेठ २०८३, आइतबार

बिकिनी टप लगाएर बाहिर निस्किइन् तारा सुतारिया, मानिसहरूले भने- सर्ट लगाउन बिर्सिन् कि ?

बिकिनी टप लगाएर बाहिर निस्किइन् तारा सुतारिया, मानिसहरूले भने- सर्ट लगाउन बिर्सिन् कि ?

बलिउड नायिका तारा सुतारियाका चलचित्रहरूले बक्स अफिसमा खासै कमाल देखाएका छैनन् । तर, सामाजिक सञ्जाल भने उनी उत्तिकै चर्चित छिन् । 

ताराको साथमा तीन ठूला चलचित्र छन्, जसको तयारीमा उनी लागिरहेकी छन् । तर, अहिले उनी सामाजिक सञ्जालमा भने ट्रोलको शिकार बनेकी छन् । 

हालै तारालाई मुम्बईमा पापाराजीले आफ्नो क्यामरामा कैद गरेका छन् । यसक्रममा ताराले रिप्ड जिन्सको साथमा नीलो ब्रालेट (बिकनी टप) लगाएकी छन् । अनुहारमा मेकअप देखिएको छैन । 

उनको तस्वीर पैप्स नामक अकाउन्टमा शेयर भएपछि उनलाई मानिसहरूले ट्रोल बनाउन शुरू गरे । एक प्रयोगकर्ताले लेखेका छन्– यसलाई कसैले कपडा देऊ ।

कतिपयले उनको ड्रेस सेन्सका विषयमा पनि प्रश्न उठाएका छन् । यस्तै भाइरल भयानीको अकाउन्टमा एक प्रयोगकर्ताले लेखेका छन्– बिकिनी टपलाई ‘क्याजुअल’ कपडाको रुपमा प्रयोग गरिहेको छ, वाह क्या फेसन सेन्स छ । त्यहीँ अर्कोले कमेन्ट गरेका छन्– मलाई लाग्छ, म्यामले सर्ट लगाउनै बिर्सिइन् । 

कतिपयले तारालाई कपडा खरिद गर्नसमेत सुझाव दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्