२४ जेठ २०८३, आइतबार

मोरङमा विपन्न उपभोक्तालाई खाट बाँड्दै सामुदायिक वन

मोरङमा विपन्न उपभोक्तालाई खाट बाँड्दै सामुदायिक वन

मोरङको बेलबारी–११ मा रहेको लक्ष्मी सामुदायिक वनले खाट अभावमा भुईंमा सुत्न बाध्य उपभोक्ताहरूलाई खाट वितरण गरेको छ । 

विपन्न उपभोक्ताहरूलाई वार्षिक कार्यक्रमअन्तर्गत सामुदायिक वनले खाट वितरण गरेको हो ।  

चार हजार घरधुरी उपभोक्ता रहेको यस सामुदायिक वनमा करीब ४०० विपन्न परिवारले खाट पाउने वन समूह अध्यक्ष सुजय गौतमले बताए । उनका अनुसार शनिवार २२ वटा खाट वितरण गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्