१० साउन २०८३, आइतबार

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैनः केपी ओली

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैनः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । 

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उनले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन् । “बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने ।” अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भने, “यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।” 

उनले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीका आउन पुनः आह्वान गरे । 

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावी समेत गरे । 

salt training

कमेन्ट गर्नुहोस्