२५ जेठ २०८३, सोमबार

ओली समूहको आइटी आर्मीले आज रौतहटमा निकाल्यो र्‍याली

ओली समूहको आइटी आर्मीले आज रौतहटमा निकाल्यो र्‍याली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  निकटबाट गठित आइटी आर्मीले आज रौतहटमा मोटरसाइल ¥याली प्रदर्शन गरेको छ । 

पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल ¥याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा ¥याली निकालिएको थियो ।

रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक ¥यालीमा सहभागी थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्