११ असार २०८३, बिहीबार

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम च्यासलमा

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम च्यासलमा

नेकपा एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन एमाले उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासल पुगेका छन् । 

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम ३ बजे अगावै बैठकस्थल पुगेका हुन् । 

असार १८ र १९ बसेको एमाले केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए । तर, त्यसपछिका स्थायी कमिटी बैठकमा गौतम सहभागी भएका थिएनन् । शनिवारको स्थायी कमिटी बैठकमा पनि गौतम सहभागी भएका थिए । 

एमाले स्थायी कमिटीको बैठक आइतवार दिउँसो ३ बजे बस्दैछ । बैठकमा माधव नेपाल पक्षसँग भइरहेको एकता प्रयास लगायत समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्