×

NMB BANK
NIC ASIA

ओलीको टिप्पणी– प्रगतिशीललाई ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन होइन भने के हो प्रतिगमन ?

साउन १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका बिग्रिएका र महत्त्वाकांक्षी तत्वका कारण प्रगतिशील सरकार ढलेर दक्षिणपन्थी सरकार बनेको आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टीको सरकारलाई भुइँमा पछारेर सत्ता गठबन्धनको बैठकमा सहभागी भएको भन्दै उनले माधव नेपालको चर्को आलोचना गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल लगायत केही नेताले अनुशासनहीन र अराजक क्रियाकलाप जारी राखेको आरोप लगाएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन होइन भने के हो प्रतिगमन ?’ ओलीले प्रश्न गरे, ‘तथाकथित कम्युनिस्ट, हाम्रो पार्टीका बिग्रिएका र महत्त्वाकांक्षी तत्वले गर्दा यो स्थिति आएको छ ।’

Vianet communication
Laxmi Bank

ओलीले विकासप्रेमी कम्युनिस्ट सरकारलाई ढाल्नका लागि स्वार्थी, लोभीपापी, महत्त्वाकांक्षी, बिकाउ माल प्रयोग गरेर पार्टीभित्र अन्तरकलह सिर्जना गरिएको आरोप समेत लगाए ।

‘कहिले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा गएको छ, कहिले अदालतमा गएर हस्ताक्षर गरेको छ । अनुशासहीनता र अराजकता प्रदेश प्रदेशमा पुगेको छ,’ ओलीले भने । 

यसैबीच आइतवार बसेको एमाले स्थायी कमिटी बैठक सोमवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । 

छोटो समय स्थायी कमिटी बैठक बसेपछि ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x