
क्यान्सरको डर अहिले पनि पूरै विश्वमा छाएको छ । यही कारणले क्यानसरमाथि विभिन्न शोधहरु भइरहेका छन् ।
ताजा समाचारहरुका अनुसार बैज्ञानिकले ब्रेन क्यान्सरको करिब पाँच वर्ष पहिला पत्ता लगाउनसक्ने दाबी गरेका छन् ।
एक अध्ययनका अनुसार एक खास रगत जाँचले अब ब्रेन क्यान्सर पत्ता लाग्नु भन्दा पाँच वर्ष पहिलेनै त्यसबारे जानकारी पाउन सकिन्छ ।
अमेरिकामा ओहियो स्टेट विश्वविद्यालयका प्रमसुख शोधकर्ता जूडिथ श्वात्र्जबौमका अनुसार ब्रेन क्यान्सरका विरामीमा क्यान्सर देखिनु भन्दा करिब पाँच वर्ष पहिला इम्यून सेल्सको जानकारी अगाडि बढाउने वाला प्रोटिन कणका बीच सहभागिता कम हुन लाग्छ । श्वात्र्जबौमका अनुसार त्यही जानकारी एक दिन ब्रेन क्यासरको अग्रिम उपचारमा सहयोगी सावित हुने छ ।
यो अध्ययन ग्लिओमामा आधारित एक जर्नल (पत्रिका) प्लोस वानमा छापिएको छ ।
सवैभन्दा सामान्य प्रकारको ग्लिओमाका लागि औसत जीवित रहनेको सयम १४ महिना हो । यसको लक्षण अलग अगल हुन्छ । यसमा सिरको दुखाई, स्मरण शक्तिको कमी, व्यत्तित्व परिवर्तन, बोल्नमा कठिनाइ आदी रहृका छन् । सामान्यतया क्यान्सरको पत्ता तब लाग्छ जब लक्षणको शुरुभएको तीन महिनाभन्दा धेरै समय बितिसकेको हुन्छ र ट्युमर धेरै विकसित भएको हुन्छ ।
श्वात्र्जबौमले ९७४ जनाको रगतको नमूना मूल्यांकन गरेका थिए । उनीहरुमा आधा मानिसले व्लड स्याम्पल लिएपछिको एक वर्षमा ब्रेन क्यान्सरको उपचार गराएका थिए । श्वात्र्जबौमको दिलचस्पी साइटोकिन्सको भूमिकामा थिए ।
श्वात्र्जबोमले रगतको नमूनामा २७७ साइटोकिन्सको मूल्यांकन गरेका थिए र जसलाई क्यान्सर भएको थियो उनीहरुको रगतमा साइटोकिन्सको सम्पर्क कम थियो ।